पदीय मर्यादामा रहेर काम गर्नुस्: आईजीपी खनाल

Posted on: 05 Jan, 2019

पुस २१, काठमाडौं | नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदीय मर्यादामा रहेर काम गर्न प्रहरी संगठनका अधिकारीलाई सचेत गराएका छन् । 

पूर्वप्रहरी कर्मचारी परिषद् नेपालको छैटौं बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै प्रहरी प्रमुख खनालले पदीय मर्यादामा रहन सबैलाई सचेत गराएका हुन् । 

२४ सै घण्टा काममा परिचालित हुँदा पनि प्रहरी संगठन सधै आलोचनाको केन्द्रमा रहने गरेको भन्दै उनले पदीय दायित्व र मर्यादालाई केन्द्रविन्दुमा राखेर काम गर्न आग्रह गरे । कानुनमा भएका छिद्र मार्फत पदीय दुरुपयोग गराउन खोज्ने प्रति सधै सचेत रहन पनि उनले आग्रह गरे । 

प्रहरी संगठन बलियो भएमा पूर्व प्रहरीहरु प्रतिको आस्था र सम्मान पनि बढ्ने भन्दै उनले प्रहरी संगठनलाई बलियो बनाउन आवश्यक सहयोग गर्न पूर्व प्रहरी कर्मचारी परिषद् नेपाललाई आग्रह गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!