विश्वविद्यालयमा अनिश्चितकालीन धर्ना शुरु

Posted on: 05 Jan, 2019

पौष २१, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले नियुक्तिको माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरेका छन् । विश्वविद्यालयअन्तर्गतका १० वटा आंगिक क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरुले शुक्रबारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयको गेटमा धर्नामा बसेका हुन् ।

आंगिक क्याम्पस समायोजन समितिले विश्वविद्यालय अनुदान आयोगको पत्र एवं ऐन बमोजिम २०३ जना प्रध्यापक तथा कर्मचारीलाई तत्काल नियुक्ति दिन आन्दोलनककारीको माग छ । उनीहरुले क्याम्पसहरूको सम्पत्ति हस्तान्त्रण गरी समायोजनलाई टु्ंग्याउन पनि माग गरेका छन् । त्रिभुवन विश्वविद्याललयबाट सम्बन्धन तोडिसकेपछि पनि मध्यपश्चिम विश्वविद्यालयले समायोजनको प्रक्रिया पूरा नगरेकोले आफूहरू सघर्षमा उत्रिनु परेको संघर्ष समिति संयोजक शेरबहादुर रायमाझीले बताए । विश्वविद्यालयले तत्काल सम्बन्धन नदिए क्याम्पसहरू नै बन्द हुने अवस्थामा पुग्न उनको भनाइ छ । विश्वविद्यालयअन्तर्गत दैलेखको नारायण क्याम्पस, बाँकेको बागेश्वरी, बर्दियाको बबई, जाजरकोटको भेरी ज्ञानोदय, रोल्पाको जलजला, रुकुमको मुसिकोट क्याम्पस, मुगुको रारा क्याम्पस, सुर्खेतको विद्यापुर बहुमुखी क्याम्पस, सुर्खेतकै भेरी क्याम्पस र कालीकोटको तीला कर्णाली क्याम्पस आंगिक क्याम्पसको रूपमा रहेका छन् । गत भदौ १० मा बसेको विश्वविद्यालय सिनेट सभाले भदौ ११ देखि १० वटै क्याम्पसका प्रध्यापक र कर्मचारीलाई नियुक्ति दिने निर्णय गरेको थियो । नेपाल सरकारबाट आंगिक क्याम्पस बनाउने भनी २० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको तर विश्वविद्यालयले नै बेवस्था गरेको आन्दोलनकारीहरुको आरोप छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!