कंसकारलाई कालोमोसो दलेको आरोपमा नेकपा(वैद्य)समूहका नेता पक्राउ

Posted on: 06 Jan, 2019

पुस २२, काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी (मोहन वैद्य) समूहका भात्रृ संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङ छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले चन्द्रागिरी–४, थानकोटबाट पक्राउ गरेको हो । गत शुक्रबार कंसाकारमाथि उनकै कार्यकक्षमा कालोमोसो दलिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!