प्राथमिक स्वास्थ्य केन्द्र पाटनको एम्बुलेन्स सेवा नियमित सञ्चालन नहुँदा समस्या

Posted on: 06 Jan, 2019

कृष्ण बिष्ट | पुस २०, बैतडी | बैतडीको पाटन नगरपलिका वडा नं ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा सञ्चालनमा रहेको एम्बुलेन्स नियमीत सुचारु हुन सकेको छैन । बेला बेला बिग्रने भएकाले र्ममतको लागि आर्थीक श्रोत नहुदा नियामित सुचारु हुन नसकेको हो  ।


एम्बुलेन्समा खराबी आउन थालेपछि मर्मतमा ढिलाइ हुदा नियमित सञ्चालनमा आउन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ । यसरी एम्बुलेन्स सेवा नियमित सञ्चालन नहुदा यहाका नागरीकहरुले समस्या भोग्दै आएका छन ।  कुनै गम्बीर प्रकृतप्ीका बिरामी भएकोबेला जिल्ला बाहिर अस्पताल लैजानु पर्दा निजि सवारी साधनमा चर्काे मुल्य तिर्नु पर्ने बाध्यता रहेको स्थानिय पाटन ६ का पुस्कर भण्डारीले बताउनुभयो  । 

एमबुलेन्समा बेला बेलामा खराबी आउदा मर्मत गर्न स्वास्थ्य सस्थासँग रकम अभाव भएको र नगरपालिका सँग आवस्यक रकमको माग गरेपनि सुनुवाई नहुदा नियमित सञ्चालन हुन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख डा. नबिन्द्र ढकालले बताउनुभयो । एम्बुलेन्सबाट मर्मत सम्भारका लागि आवस्यक रकम नपुग्दा नगरपालिका सँग आर्थीक सहयोगका लागि पत्र पठाएको उहाले बताउनुभयो । 

एम्बुलेन्समा बिरामी बोके भाफथ समान्य भाडा लिने गरेकोले त्यो भाडाको रकमले मर्मत सम्भारको लागि रकम नपुग्ने गरेको उहाको भनाइ छ । एम्बुलेन्स सञ्चालन समिति बैतडीले प्रती किलोमिटरमा ४० रुमैयाका दरले भाडा लिने ब्यावस्था गरेकाले पनि सो मापदण्डको आधारमा मर्मत सम्भार गर्न नसकिने अवस्था रहेको एम्बुलेन्स चालक भुवन भण्डारीले जानकारी दिनुभयो ।

 नगरपालिकालाई एम्बुलेनस सञ्चालनको जिम्मेवारी लिनुपर्यो भनि अनुरोध गरेको भएपनि कुनै सुनुवाइ नभएको डा. ढकालले बताउनुभयो । 

यता नगरपालिकाले आफ्नो नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा रहेको जानकारी गराएपनि आवस्यक पहल नगरीदिदा नियमीत एम्बुलेन्स सञ्चालनमा नआएको हो । नगर प्रमुख केसव बहादुर चन्दले भने प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एम्बुलेन्स  सेवा नगरपालिकाले जिम्मा लिइने बताउनुभएको छ । एम्बुलेन्स नगर बासीको सेवामा केन्द्रीत भएकाले आफुले सो कुरालाइ सकारात्मक लिएको उहाको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!