न्याय नपाएको भन्दै एक महिलाले गरिन् झुण्डिएर आत्महत्या

Posted on: 07 Jan, 2019

पुस २३, कैलाली । कैलालीमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । भासु भिरमा सडक बनाउने क्रममा रोलरले च्यापेर ज्यान गुमाएका श्रीमानले न्याय नपाएको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने भागिरथी विकले आत्महत्या गरेकी हुन् ।

उनले चुरे गाउँपालिका वडा नम्बर ५ मा श्रीमानको निधन भएको ठाउँमा आत्महत्या गरेको स्थानीयले बताएक छन् । आत्महत्या कहिले गरेको हो भन्ने जानकारी नभए पनि आइतबार मात्र विकको शव झुण्डिएको अवस्थामा भेटिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!