सामाखुसीमा माइक्रोबसले पैदलयात्रीलाई ठक्कर दिंदा एकको मृत्यु, ४ जना घाइते

Posted on: 07 Jan, 2019

पुस २३, काठमाडौं | काठमाडौंको सामाखुसीमा सडक पार गर्दै गरेका पैदलयात्रीलाई माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ | उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको मछ। अन्य तीन घाइतेको ग्रीन सिटी अस्पतालमा सामाखुसीमै उपचार भइरहेको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा धम्बाराहीकी सीता दाहाल रहेकी छिन् । 

कलंकीबाट बौद्ध–थलीतर्फ जाँदै गरेको बा १ ज ९७६६ नम्बरको अनियन्त्रित माइक्रोले सडक पार गर्दै गरेका उनीहरुलाई ठक्कर दिन पुगेको थियो । 

प्रहरीले माइक्रो र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन सुरु गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!