पाँचथरे युवाहरुद्धारा निर्मित ’आरोही‘ चलचित्रको विशेष प्रदर्शन गरिने

Posted on: 07 Jan, 2019

कमल घिमिरे।पौष२३।पाँचथर, पाँचथरको फिदिममा आगामी पौष २७ र २८ गते नेपाली कथानक चलचित्र आरोहीको विशेष प्रदर्शन हुने भएको छ । 

पाँचथरे युवाहरुको निर्माता र निर्देशन रहेको उतm चलचित्र फिदिम स्थित छाब्दी बाराही चलचित्र मन्दिरमा २ दिन विशेष शो गरिन लागेको आज पत्रकार सम्मेलनमा बताइएको छ । एक्सन, लभ र हाँस्य विधा समिटिएर निर्माण गरिएको चलचित्रमा प्रज्वल गिरी,सोनिया केसी,लय संग्रौला, रेशम फिरिरि लगायतको अभिनय रहेको बताइएको छ । 


 नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्र पाँचथरे युवाहरु शंकर आत्मा,राजन खतिवडा,संगम खनाल,नविन ढुंगेल,मविन्द्र योङया,हरी सुवेदी लगायतले निर्माण गरेका हुन भने एशियाकै सानो पुस्तक निकालेर चर्चामा आएका,हाम्रो थिएटर नेपाल पाँचथरका अध्यक्ष तथा साहित्यकार नरेन्द्र भट्टराई(एन.बि. अन्जान )ले निर्देशन गरेका हुन । 

पत्रकार सम्मेलनमै निर्देशक अन्जानको स्वर,शब्द,संगीत र रचना भएको ‘मिक्लाजुङको झुल्के घाम’ बोलको गीतको अडियो समेत विमोचन गरिएको छ । पाँचथरका सबै पर्यटकिय क्षेत्रहरुलाइ समेटेर बनाइएको गीतको भिडियो चाँडै निर्माण गरिने निर्देशक अन्जान ले बताउनुभएको छ ।  

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!