रबि लामिछाने भन्छन्- कुनै अनैतिक काम गरेको भए कडाभन्दा कडा सजाय दिइयोस्

Posted on: 07 Jan, 2019

पुस २३, काठमाडौं | लोकप्रिय पत्रकार तथा सञ्चारकर्मी रवि लामिछानेले अबदेखि व्यक्तिगत विषयमा कहिल्यै नबोल्ने बताएका छन् | साथै उनले पहिलेको पोस्ट पनि हटाएको उल्लेख गरेका छन् । 

आफूले कुनै अनैतिक वा गैरकानुनी काम गरेको भए कडाभन्दा कडा सजाय दिइयोस् भन्दै रविले आफूले पुरानो गल्ती स्वीकारेको बताएका छन् । 

सोमबार फेसबुकमा स्टाटस पोस्ट गर्दै रवि लेख्छन्, ‘मनगढन्ते बेनामी र शंकाका आधारमा खडा भएका पात्रहरुको खोजी म गर्दिनँ । म कुनै पुरानो सम्बन्धहरुमा अल्झिएको छैन न कसैलाई अल्झाएको छु । यतिबेला म कानुनी रुपमा सम्बन्ध विच्छेद भैसकेको जिम्मेवार एकल पुरुष हूँ ।’ 

हेर्नुहोस् रबि लामिछानेको स्टाटस:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!