मोदीगाउँपालिकामा चोरीगर्ने गिरोह पोखरामा पक्राउ

Posted on: 08 Jan, 2019

पर्वत– जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतकै मोदी गाउँपालिकाको एक घरमा चोरी गरेर फरार रहेकाहरुलाई पोखराबाट पक्राउ गरेको छ । गएको पुष ६ गते राती मोदी गाउँपालिका २ पातिचौरस्थित सुविना ढकाल चापागाईँको घरमा चोरी गरेका ४ जनालाई पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

   पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा पर्वतकै पर्वत मोदी गाउँपालिका ३ घर भई हाल कास्की वस्ने राजेश वि.क, रुकुमको उत्तरगंगा गाउँपालिका ४ बस्ने वावु वुढामगर, कास्कीको पोखरा लेखनाथ महानगरपालिका १३ वस्ने रन्जुकुमार सुनार र सुन्दर विक रहेका छन् ।

   उनीहरुले चापागाईको घरमा रहेको दराज फोडी दराज भित्र राखिएको डेढ तोलाको सुनको माला एउटा, दुई तोलाको सुनको वाला एउटा, सुनको औँठी एउटा, २ ओटा घडी, २ ओटा पन्चरत्ने वाला र नगद ६४ हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।   पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानपछि पर्वत जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!