वैदेशिक रोजगार विभागबाट ७ जना विचौलिया पक्राउ

Posted on: 08 Jan, 2019

पुस २४, काठमाडौं । वैदेशिक रोजगार विभागबाट ७ जना पक्राउ परेका छन् । सेवाग्राहीलाई दुःख दिएको आरोपमा प्रहरीले ७ जना विचौलियालाई पक्राउ गरेको हो । मंगलबार दिउँसो काठमाडौ प्रहरीले परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा भरत तामाङ, दिपु शाह, मनुराज न्यौपाने, पुजन राई, गणेश तामाङ, विकल शाही र राजेश तामाङ छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!