बाहिर सक्कली डलर र भित्र कागजको बिटा राखेर लाखौं ठगी !

Posted on: 08 Jan, 2019

पुस २३, काठमाडौं । बाहिर सक्कली डलर र भित्र कागजको बिटा राखेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका कुमसिंह घिसिङ र प्रेमबहादुर तामाङ रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग, गोंगबुको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार उनीहरुले सक्कली डलर हो भनेर मानिसहरुलाई झुक्काएर रकम असुली गर्दै आएका थिए ।

प्रहरीका अनुसार हालसम्म उनीहरुले २० लाखभन्दा बढी ठगी गरिसकेको छन् । उनीहरुले लामो समयदेखि राजधानीको विभिन्न ठाउँमा डलर साटिदिन्छु भनेर एकान्तमा लगेर लुटपाट समेत गर्दै आएको बताइएको छ ।

उनीहरुसंग थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!