लोकसेवा आयोगद्वारा नायव सुब्बा पदका ठूलो संख्यामा कर्मचारी आह्वान (सूचनासहित)

Posted on: 09 Jan, 2019

पुस २५, काठमाडौं | लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायक सुब्बा वा सो सरहको पदहरुमा भर्ना खुलाएको छ । 

खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने सो पदहरुमा आगामी माघ १५ भित्र अनलाइन दरखास्त दिन सकिने आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुत तिरेर माघ २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ । 

आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा ठूलो संख्यामा कर्मचारी माग गरिएको हो । आयोगका अनुसार प्रथम पत्रको लिखित परीक्षा आगामी फागुन १८ गते हुनेछ भने द्धितीय पत्र बैशाख ७ गते हुनेछ । यस्तै तृतीय र चतुर्थ पत्रको परीक्षाा क्रमशः बैशाख ७ र ८ गते हुनेछ । 

आयोगले निकालेको विज्ञापनसम्बन्धी सूचना हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!