तीस किलो चरेससहित ३ युवक पक्राउ

Posted on: 09 Jan, 2019

पुस २५, नेपालगञ्ज,  | बाँकेको कोहलपुरबाट गए राति प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ । 

प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर–९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढा रहेका छन् । तीनै जनालाई आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!