मोरङमा पैनीमा डुबेर एक महिलाको मृत्यु

Posted on: 09 Jan, 2019

  पुस २५, उर्लावारी | मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर घर नजिकैको पैनीमा लडेकी लिम्बूको डुबेर मृत्यु भएको हो । 

पैनीमा लडेपछि उठ्न नसकेकी लिम्बूको पानीमा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीचौकी गछियाले जनाएको छ । मादक पदार्थ सेवन गरेर मङ्गलबार साँझ घर फर्कदै गर्दा लडेर पानी बगिरहेको पैनीमा खसेको प्रहरी नायब निरीक्षक रामकाजी कटवालले बताउनुभयो । शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!