महोत्तरीमा आगलागीबाट जलेर एक महिलाको मृत्यु

Posted on: 09 Jan, 2019

पुस २५, महोत्तरी । महोत्तरीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ | जिल्लाको एकडारा गाउँपालिका ५ बैरामा बुधबार बिहान करिब ४ बजे आगो लाग्दा जलेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृत्यु हुनेमा २५ वर्षीया शान्तिदेवी साह रहेकी छन् ।  आगलागीको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!