होटल र्याडिसनका अध्यक्ष श्रेष्ठको निधन

Posted on: 09 Jan, 2019

पुस २५, काठमाडौँ | होटल र्याडिसनका अध्यक्ष गोविन्ददास श्रेष्ठको आज निधन भएको छ । 

होटल एशोसिएशन अफ नेपाल (हान)का सक्रिय सदस्य श्रेष्ठको ८७ वर्षको उमेरमा भारतको मुम्बईस्थित लीलावती अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको हो । 


हानका अध्यक्ष अमरमान शाक्यले एक शोक पत्र जारी गर्दै आफ्नो सदस्य पाँचतारे होटल र्याडिसनका सञ्चालनको निधनले संस्थाका समस्त सदस्यलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । 

‘स्व श्रेष्ठले पर्यटन क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ,’ शोक पत्रमा भनिएको छ । स्व श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!