पोखरामा किशोरी बलात्कृत ! 'सेक्स नगरे पुलबाट फाल्दिन्छु भन्थ्यो' (किशोरीको बयान )

Posted on: 09 Jan, 2019

पुस २५, पोखरा । पोखरा वडा नं १५ कि एक किशोरीले आँफूमाथि विभिन्न बहानामा धम्क्याउँदै एक यूवक विरुद्ध किटानी जाहेरी दिएकी छन् । किशोरीले बारम्बार बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीमा  जाहेरी दिएकी हुन् ।

पोखरा १५ कि १९ वर्षीय किशोरी रविना (परिवर्तित नाम) ले आँफूलाई पोखरा १५ स्यानीपाटन बस्दै आएका नसिब गुरुङले असैह्य र निर्मम व्यवहारका साथ बारम्बार बलात्कार गरेको आरोप सहित प्रहरी समक्ष जाहेरी दिएकी हुन् । युवकले किशोरीलाई विभिन्न प्रलोभन देखाएर खिचिएका आफ्ना नग्न तस्विरहरु सामाजिक सञ्जालमा राखेर बेईज्जत गरिदिन्छु भन्दै धम्क्याएको पीडित किशोरीले प्रहरीलाई बताएकी छिन् ।

किटानी जाहेरीपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वस्थ्य परिक्षण गर्न पुगेकी रविनाले रुँदै भनिन “असत्ती रहेछ, मेरो फेसबुक एकाउण्टको पासवर्ड पनि जवर्जस्ती लग्यो, उसैले चलायो । कलेजमा पनि पुगेर उसले टर्चर दिन्थ्यो, राती-राती घरमा बोलाउँथ्यो, उसले चाहेको बेला उसंग त्यो (यौन सम्पर्क) गर्न तयार हुनुपथ्र्यो” । “तयार नभए बा, आमा र दाईलाई समेत मार्दिन्छु भन्थ्यो ।” उनले भनिन् ।

निकै दर्दनाक अवस्थाबाट गुज्रीएकी उनलाई एकदिन नसिवले पोखराको पृथ्वीचोकस्थित चाईना पुलबाट हाम फालेर आत्महत्या गर्न समेत लगाएको बताएकी छन् । उनका शरिरभरी नशिवले यातना दिएका घाउ र निलडामहरु समेत रहेको आफन्तजनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!