बैतडीका सबै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

Posted on: 10 Jan, 2019

कृष्ण बिष्ट । पुस २५, बैतडी । बैतडीका चारवटै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । ४ नगरपालिका र ६ गाउपालिका गरी १० स्थानिय तह रेहेको बैतडीका ४ वटै नगरपालिकाले एम्बुलेनस सेवा सञ्चालनमा ल्याएको हुन । जिल्लाको पुर्चाैडी, पाटन, मेलौली, र दशरथ चन्द नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन । नगरपालिकाहरुमा एम्बुलेन्स सेवा सञ्चालनमा आए सँगै स्वास्थ्य क्षेत्रको सेवा प्रबाहमा सहज भएको सम्बन्धित नगरपालिकाले जनाएका छन । 


कुनै जटिल रोग लागेका तथा कुनै दुर्घटना हुदा छिटो अस्पताल पुर्याउनको लागि सहज भएको मेलौली नगरपालिकाले जनाएको छ । ग्रामिण भेगमा सडक सञ्जाल पुगेकोले यहाका नागरीकहरुको लागि सहज होस भनि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिँह नायकले बताए ।  

निजि सवारी साधनमा बिरामी तथा घाइतेलाई चर्को मुल्य तिरेर अस्पताल पुर्याउनु पर्ने स्थानियको बाध्यताको अन्त्य भएको छ । कुनै जटिल रोग लागेमा जिल्ला तथा जिल्ला अस्पताल तथा जिल्ला बाहिर लैजान परेमा चर्काे भाडा तिरेर अस्पताल पुर्याउनु पर्ने बाध्यता हटेको मेलौली नगरपालिकाका स्थनिय लक्ष्मण पार्कीले बताउनुभयो । 


एम्बुलेन्स सेवा सुरु भएपछि कुनै दुर्घटना हुदा र सिकिस्त बिरामी भएको बेला बिरामीलाइ छिटो अस्पताल लैजना सहज भएको पुर्चौडी नगरपालिकाका स्थानिय राजेस धामीले बताउनुभयो । एम्बुलेन्स सुविधा भएपछि नागरिकले बिरामीलाई बोकेर स्वास्थ्यसंस्था तथा अस्पताल लैजानुपर्ने बाध्यता हटेको पुर्चाैडी नगरपालिकाका स्वास्थ्य प्रमुख बिनोद कुवँरले बताउनुभयो । पुर्चाेडी नगरपालिकाले गत महिना देखिमात्रै एम्बुलेन्स सेवा सुरु गरेको हो ।

यस्तै दशरथ चन्द नगरपालिकाले एक वर्ष पहिले देखि एम्बुलेन्स सेवा सुचारु गरेको छ । एम्बुलेन्स सेवा सुरु भएदेखि यहाका नागरीकहरुले राहात महसुस गरेको दशरथ चन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताउनुभयो ।    

पाटन नगरपालिकाले पनि प्राथमिक स्वास्थ्यकेन्द्र पाटनको एम्बुलेन्स नगरपालिका मार्फत नै सञ्चालन हुने नगरप्रमुख केसव बहादुर चन्दले बताउनुभयो । बिगत ३ वर्ष देखि प्राथमिक स्वास्थ्य केन्द्रले सर्बसुलभ मुल्यमा सेवा बिस्तार गरीरहेको थियो । एम्बुलेन्स पुरानो भएकाले बेला बेला बिग्रन थालेपछि र्ममत नहुदा नियमित सञ्चालनमा आएको थिएन ।  एम्बुलेन्स नियमित सञ्चालनको लागि प्राथमिक स्वास्थ्य केन्द्रबाट नगरपालिकामा निवेदन गएपछि नगर प्रमुख केसव बहादुर चन्दले अब नगरपालिका मार्मथ सञ्चालनमा ल्याउने बताउनुभयो । 

यसरी स्थानीय तहले एम्बुलेन्स सेवा दिदा कुनै जटिल बिरामी हुँदा तथा दुर्घटना हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हटेको पाटन नगरपालिका ९ का स्थानिय रामचन्द्र ऐरले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!