निर्मलाकी आमाले राहत बुझे घरमै आएर आत्महत्या गर्ने बाबु र सौतेनी आमाको चेतावनी

Posted on: 10 Jan, 2019

पुष २६, कंचनपुर | साउन १० गते बलात्कार पछि हत्या गरिएकी १३ बर्षिय बालिका निर्मला पन्तको परिवारलाई तीनै तहका सरकारले १८ लाख रुपैया राहत दिने निर्णय गरेको थियो । राहतकै रकम बाँडफाँटको विषयमा अहिले निर्मलाको घरपरिवारमा विवाद चुलिएको छ ।

राहतको रकम आफुलाई पनि दिनुपर्छ भन्दै बाबु यज्ञराज र सौतेली आमाले माग गरेकाले विवाद चुलिरहेको सतहमै देखिएको छ । यस्तै परिवार अधिकारकर्मीले निर्मलामको यौनीबाट प्रहरीले संकलन गरेको पुरुषको बिर्य अर्थात भेनाईजल स्वाब हो वाई होईन भनि आमाबाबुबाट रगत दिएर डिएनए म्याचका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसामु माग राखे । तत पश्चिात अधिकारकर्मीले पनि यज्ञराजको रगतको नमुनाका लागि प्रयास गरे तर, सफल भएनन् । अधिकारकर्मी प्रेमबती रानाले अघिल्लो साता यज्ञराजले रगत दिन बोलाएर तर सम्पर्क नभएको बताएकी थिईन् । तर अहिले दुर्गाले १० महिना कोखमा राखेर जन्माएकी छोरीको न्यायका लागि भन्दै रगत दिएपछि निर्मलाको घरमा झैझगडा मात्र नभई कुटपिट समेत भयो । निर्मलाकी आमा दुर्गाले डिएनए म्याच र राहत बुझ्ने बताएपछि निर्मलाका बाबु यज्ञराज र सोतैली आमा लक्ष्मीले राहत बुझ्कै दिन दुर्गाकै घरमा आएर आत्महत्या गर्ने घोषणा गरेका छन् । निर्मला पन्तकी आमा दुर्गादेवि पन्तलाई उनकै श्रीमान यज्ञराज पन्तले कुटपिट गरेका छन् । निर्मलाकी आमा दुर्गाले डिएनए म्याचका लागि रगत दिएसंगै राहत बुझ्ने बताएपछि यज्ञराजले उनलाई भोलीपल्टै कुटपिट गरेका हुन् । बुधबार निर्मलाकी आमा दुर्गाले प्रहरीमा निवेदन दिएर निर्मलाकै यौनीबाट भेजाईनल स्वाब निकालिएको हो, वा होईन भनि एकिन गर्नका लागि रगतको नमुना दिएकी थिईन ।


 बिहीबार बिहानै निर्मला र दुर्गाकी छोरी बस्ने भीमदत्त नगरपालिका–२ उल्टाखाम घरमै पुगेर यज्ञराजले बर्ताहुन्छेस् भन्दै निर्मलाकी आमा दुर्गालाई कुटपिट गरे । ‘दुवै छोरी स्कुल गएका थिए, ‘म भान्साका भात पकाईरहेकी थिए, ‘दुर्गाले भनिन, ‘यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गर्यो ।’ भान्सामै यज्ञराजले दुर्गालाई कुटपिट गर्न थालेपछि दुर्गा भात पकाउन छाडेर भागेकी थिईन् । प्रेसर कुकरमा राखिएको भात सहित भाँडो जलेको थियो । भान्सामा कुटपिट गर्न थालेपछि आफु बाँच्नका बाहिर आएको उनले बताईन् । यज्ञराजले दुर्गाको मोबाईल पनि खोलेका थिए । अरुको इसारामा चल्ने भन्दै दुर्गाका कपाल तानतुन गरेर गाली गर्दै थिए । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले यज्ञराजबाट मोबाईल मागेर दुर्गालाई बुझाईदिएको थियो । निर्मलाका बाबु यज्ञराज र सौतेले आमा लक्ष्मीले घरपरिवारसंग सल्लाह नै नगरि अरुले उस्काएको भरमा रगत दिएको र राहत बुझ्न राजि भएको आरोप लगाएका छन् । तर, निर्मलाकी आमा दुर्गाले न्याय पर्खिदा पर्खिदा दुई छोरीमाथी पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्ने बताएकी थिईन् । निर्मलाकी आमा दुर्गा र सौतेले आमा लक्ष्मीविच पनि निर्मलाको बलात्कारपछि हत्याकाण्डमा आरोप प्रत्यारोप चल्यो । निर्मलाकी सौतेली आमा लक्ष्मीले निर्मलाको लास उखुबारीमा रहेको कसरी दुर्गालाई थाहा भयो, अनि आफु र आफ्ना मान्छे बिरुद्ध षड्यन्त्र रचेको आरोप लगाए । उनीहरु दुवैविच एक अर्काले निर्मलाको हत्या गराएको गम्भिर आरोप प्रत्यारोप भयो । यज्ञराज र लक्ष्मीले आफ्ना मान्छे र छिमेकीको नाम दुर्गाले प्रहरीलाई दिएर डिएनए म्याच गराएको आरोप लगाएका छन, भने निर्मलाकी आमा दुर्गाले सोतैली र श्रीमानकै कारण छोरीको यस्तो दुर्दशा भएको दुखेसो पोखिन् । निर्मलाकी सौतेली आमा लक्ष्मीले आफुलाई राहत र पैशाको रतिभरको लोभ नभएको र छोरीको न्यायका लागि धर्नामा बसेको बताउदै उनले छोरीले न्याय नपाउँन्जेलसम्म आन्दोलन जारी राख्ने बताउँदै थिईन् । उनले डा. गोबिन्द केसी पनि अनसनमा बसेकाले फागुनसम्ममा राहत नबुझ्न लक्ष्मीसंग आग्रह गर्दै थिईन् । निर्मलाका बाबु यज्ञराज र सौतेली आमा लक्ष्मीले दुर्गाले राहत बुझे निर्मला बस्दै आएको घरमा आएर आत्महत्या गर्ने घोषणा गरेका छन् । राहत बुझेपछि न्याय प्रभावित हुने भन्दै सौतेली आमा र यज्ञराजको तर्क थियो । तर, निर्मलाकी आमाले भने राहत बुझेर छोरीको भविष्य बनाउनुपर्ने तर्क गर्दै आएका छिन् । निर्मलाकी आमा दुर्गा भक्कानिदै श्रीमान र सौतेलीबाट यो जिन्दगीभर पीडाखेप्नु परेको बताईन् । तीनै सरकारले निर्मलाको परिवारलाई १८ लाख रुपैया राहत दिने घोषणा गरेपछि निर्मलाका बाबु यज्ञराजले भाँसीमा लगाएको घरको ऋण तिर्नका लागि माग गरेको हुँदा रकमकै कारण धर्ना र उनीहरुको घरमा किचलो भईरहेको स्थानीयको भनाई थियो । निर्मलाका बाबु यज्ञराज पन्तले आफुले श्रीमतीलाई कुटपिट नगरेको दावि गर्दैै किन सल्लाहबिनै रगत दिएको र राहत बुझ्ने भनेर सोधेको मात्रै बताए । ‘मैले शुरुदेखि छोरी निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेको थिए, ‘यज्ञराजले भने, ‘अहिले आएर अरुको उस्काहटमा लागेर राहत बुझ्ने रगत दिने ।’ 

आफु पुषको महिनामा धर्नामा बसेर चिसो खाईरहेको भन्दै रगत नदेउ भन्दा भन्दै दिएको र सरकारले घोषणा गरेको रकम कहि नजाने भन्दै आफ्नो सहमति बिनै बुझ्छु भनेपछि आपत्ति जनाएको बताए । अधिकाँस स्थानीयले निर्मलाकी आमा दुर्गाकै नाममा पुरै राहतको रकम जम्मा गरिनुपर्ने धारणा अघि सारेका छन् । दुर्गामाथी कुटपिट भईरहेको खबर पाएपछि दवावमुलक संघर्ष समितिका अधिकारकर्मी सहितका अधिकारकर्मी गएर दुर्गालाई सान्त्वाना दिएका थिए । दवावमुलक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठ, सदस्यहरु पितिधिर भण्डारी, रामेश्वरी रावल, गंगा पाण्डे, अधिकारकर्मी माया नेगी लगायतका अधिकारकर्मीले दुर्गालाई सम्झनाउदै न्यायका लागि सिङ्गो जनता र आफुहरु साथमा रहेको बताएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!