महोत्तरीका मुसहरलाई कम्बल वितरण

Posted on: 10 Jan, 2019

पुस २६, गौशाला । महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरा बिसनपुरका ८४ परिवार मुसहरलाई नेपाल रेडक्रस महोत्तरी शाखाले कम्बल वितरण गरेको छ । 

गरीबी र विपन्नताबीच वर्षेनी जाडोमा समस्यामा पर्ने त्यस गाउँका मुसहर परिवारलाई जाडोबाट बच्न कम्बल प्रदान गरिएको रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले बताउनुभयो । 

उहाँले त्यहाँका मुसहर परिवार जाडोको बेला ओढ्ने ओछ्याउने न्यानो लुगाको अभावमा निकै समस्यामा रहेको स्थानीय तहबाट जानकारी आएपछि रेडक्रस टोलीले त्यस ठाउँका ८४ परिवारलाई न्यानोस्वरुप कम्बल बाँडेको बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!