मुस्ताङमा माटोको ढिस्काले पुरिएर एक महिलाको मृत्यु

Posted on: 27 Mar, 2016

चैत १४, मुस्ताङ / शनिबार माटाको ढिस्कोले पुरिएर स्थानीय कुन्जोमा एक महिलाको मृत्यु भएको छ ।

घरको छानामा राख्ने माटो खन्ने क्रममा ढिस्कामा पुरिएर कुञ्जो गाविस–८ छैयाकी ३५ वर्षीया सन्तमाया विकको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको लेते प्रहरी चौकीले जानकारी दिएको छ ।

घाइते हुनेमा स्थानीयवासी १९ वर्षीया सुस्मी विक र २० वर्षीय अजय छन्त्याल रहेका छन् । घाइतेलाई लेते प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि पोखरा पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!