बैतडी कारागारमा क्षमता भन्दा दोब्बर कैदी

Posted on: 10 Jan, 2019

कृष्ण बिष्ट । पुस २६, बैतडी । जिल्ला करागार  बैततडीमा भवन अभाव  हुदा क्षमता भन्दा दोब्बर कैदी बस्नु पर्ने बाध्यता रहेको छ । २५ जाना क्षमताको भवन भएकोमा अहिले ५१ जाना कैदिहरु बस्दै आएका छन । करागारमा भवन नहुदा कैदीबन्दीहरुले एकै कोठामा क्षमता भन्दा धेरै कैदीहरुले बस्नु पर्ने बाध्यता रहेको जेलर अनिल कुमार तिवारीले जानकारी दिनुभयो । 


१५ जाना पुरुस र १० जाना महिला गरी २५ क्षमता भएको ४ कोठे कारागार भवन भएपनि ५१ जाना कैदिबन्दीहरु बस्न बाध्य छन । यद्यपी महिलाकैदिबन्दी नभएको जेलर तिवारीले जानकारी दिनुभयो । यसरी एकै कोठामा क्षमता भन्दा बढि कैदिबन्दी बस्नु पर्दा समस्या त हुने नै भयो, सरुवा रोगको संक्रमण बढ्ने गरेको उहाको भनाइ छ । 

भवन अभावका कारण कैदि बन्दी र आफुहरुले भोगिरहेको समस्याका बारेमा कारगार व्यवस्थापन विभागलाइ अवगत गराएको लामो समय वितिसक्दा पनि कुनै  सुनवाइ  नभएको उहाको भनाइ छ  । पटक पटक कारागार भवन निर्माणका लागि स्टमेट र डिजाइ बनाएर विभागमा पठाए पनि कर्यान्वयन नभएको उहाले  गुनासो गर्नुभयो । 

जिल्लाकारागारमा भवन अभाव  हुदा आफुलाई पनि कागार  परिशर  भित्र भाडामा कोठा लिएर बस्नु पर्ने बाध्यता रहेको उहाको भनाइ छ ।  

जिल्ला कारागार बैतडीमा मानब बेच विखन, कर्तब्यज्यान मुद्धा, जबरजस्ती करणी, सवार ज्यानका ५१ कैदीहरु कारागारमा रहेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!