मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सकराती' दुई दिन मनाउने

Posted on: 10 Jan, 2019

पुस २६, काठमाडौँ | मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सकराती’ यस वर्ष मगर समुदायले दुई दिन मनाउने भएको छ । 

नेपाल मगर सङ्घले आज पत्रकार सम्मेलन गरी यही पुस ३० गते र आगामी माघ १ गते काठमाडौँको टुँडिखेलमा माघे सकराती मनाउने भएको हो । 

माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुआत पनि हो । ‘माघे सकराती राष्ट्रिय चाड मनाउँदै अघि बढौँ, मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौँ’ भन्ने नारासहित सङ्घले चाड मनाउने सङ्घका अध्यक्ष नवीन रोका मगरले जानकारी दिनुभयो । पर्वका अवसरमा मगरको मौलिक सांस्कृतिक प्रदर्शनी तथा मौलिक मगर खाना तथा पोशाकको प्रदर्शनी गरिने बताइएको छ । रासस |


यस बिषयमा तपाइको प्रतिक्रिया...!