खोटाङमा शुक्रबार, शनिबार विधुत अवरुद्ध हुने

Posted on: 10 Jan, 2019

चिसाङ शेर्पा | पुस २६, खोटाङ | खोटाङमा दुइ दिन विधुत अवरुद्ध हुने भएको छ । उदयपुरको जलजलेबाट बुइपाको सव स्टेशनसम्म आएको ३३ केभी प्रशारण लाइन मर्मत संम्भार गर्नुपर्ने भएकाले विधुत अवरुद्ध हुने भएको हो ।

३३ केभी प्रसारण लाइन अन्तरगत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे रुटमा पर्ने दुइवटा पोल फेर्नुपर्ने भएकाले शुक्रबार र शनिवार जिल्लामा विधुत अवरुद्ध हुने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले जानकारी दिए । यादवका अनुसार भोली र पर्सी विहान ७ बजेदेखी बेलुकी ५ बजेसम्म विधुत अवरुद्ध हुनेछ ।

जलजलेबाट वुइपा सव स्टेशनसम्म अत्याधिक लामो दुरी भएको र विधुतको रुट जंगलमा परेकाले बाङगा टिङगा, रुखले भेट्ने, बर्षातका समयमा पहिरोले तान्ने संम्भावना भएका पोलहरु प्राधिकरणले फेर्ने र स्थान्तरण गरिरहेको छ । यसअघि त्यस्ता खालका पोलहरु बेलैमा नफेरिदा जिल्लाका १२ हजार ३ सय २४ जना ग्राहकले शास्ती खेप्दै आएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!