दाङमा पहिलो पटक छुर्पी उत्पादन शुरु

Posted on: 11 Jan, 2019

पुस २७,लमही | दाङमा पहिलो पटक छुुर्पी उत्पादन शुरु भएको छ । लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन शुरु गरेको हो । संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ । 

बजारमा माग धेरै भए पनि अहिले दैनिक १५ किलो मात्रै उत्पादन गरिरहेको अधिकारीले बताउनुभयो । “बजारमा धेरै माग छ”, उहाँले भन्नुभयो “तर दैनिक १५ किलो मात्रै उत्पादन हुने गर्छ ।” 

साथै संस्थाले दुग्ध परियोजना सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको दूध खरिद गरेर ‘पाश्चवराइज्ड’ प्रविधिबाट दूध, दही प्रशोधन गरेर बजारमापुर्या पुर्याइरहेको समेत उहाँले बताउनुभयो । 

गाउँपालिकाद्वारा तीन कार्यविधि पारित 

दाङको शान्तिनगर गाउँपालिकाले तीन कार्यविधि पारित गरेको छ । बिहीबार सकिएको हिउँदे अधिवेशनले ‘घ’ वर्गको इजाजतपत्रसम्बन्धी कार्यविधि, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, एम्बुलेन्स सञ्चालन कार्यविधि पारित भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो । 

साथै अधिवेशनबाट कर्मचारी कल्याण कोष तथा योजना संशोधन गर्ने समेत निर्णय भएको छ । गाउँपालिका अध्यक्ष डाँगीको अध्यक्षतामा भएको अधिवेशनले विषयगत शाखाका संयोजक र शाखा प्रमुखद्वारा चालू आर्थिक वर्षको अहिलेसम्म भएका प्रगति पेश गर्नुभएको थियो । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!