प्युठानमा आगलागीबाट ३ घर जलेर नष्ट

Posted on: 11 Jan, 2019

पुस २७, प्यूठान | जिल्लामा आगलागीबाट ३ घर जलेर नष्ट भएको छ  | प्युठान नगरपालिका ८–धर्मवती भेडावारीमा रेनु नेपाली, काली नेपाली र बम्बु नेपालीको घर गोठ जलेर खरानी भएका हुन् । आगो बिहानपख युवाहरुले नियन्त्रणमा लिइएका हुन् ।

वडाअध्यक्ष लगायतको टोली अहिले पनि उद्धारमा खटिरहेका छन् । अग्निपीडितलाई नगरप्रमुख सहितको टोलीले राहत वितरण गर्ने बताएका छन् । क्षतिको विवरण आई सकेको छैन । अगलागी हुनुको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!