रोकिएको जग्गा कित्ताकाट आजबाट खुल्यो

Posted on: 11 Jan, 2019

पुष २७, काठमाडौं । करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला भएको छ । गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट शुक्रबारबाट खुला भएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शुक्रबार पत्रकार सम्मेलन गरेर जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिएकी हुन् ।

अर्यालले उक्त निर्णय तत्कालका लागि पुनरावलोकन गरिएको प्रष्ट पार्दै कृषि योग्य जमिनको हकमा भने कित्ताकाट गर्न नपाइने बताइन्।

खेतियोग्य जमिन भए नभएको पहिचान भने स्थानीय तहले गर्नेछ । त्यसका लागि स्थानीय तहमा प्राविधिक जनशक्ति पठाइनेछ ।

कित्ताकाट खुला गर्ने निर्णय अस्थायी भएको समेत मन्त्री अर्यालको भनाइ छ । उनले भनिन् 'दीर्घकालीन रुपमा ऐनबाटै जग्गाको वर्गीकरण गरी व्यवस्थापन गर्नेछौं' ।

सँगै मन्त्री अर्यालले मापदण्ड विपरित कित्ताकाट गर्नेलाई कारबाही गर्ने चेतावनी दिएकी छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!