के तपाईहरु आकाशे पुल तथा जेब्रा क्रसिङ्गको प्रयोग गर्नु हुन्छ ? हेर्नुहोस्

Posted on: 11 Jan, 2019

पुष २७, काठमाडौँ । गत आइतबारदेखि सुरु भएको "आकाशे पुल तथा जेब्रा क्रसिङ्गबाट मात्र सडक वारपार गरौँ, दुर्घटनाबाट बचौं" भन्ने नाराका साथ काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यज्यूबाट उत्घाटित सप्ता व्यापी जनचेतना अभियान आज सक्किएको छ । उक्त आभियान महानगरीय प्रहरी, ट्राफिक प्रहरी र कदम्बरी मेमोरिअल कलेजको विद्यार्थीहरुको समन्वयमा सम्पन्न भएको हो । 

रत्नपार्क वरपरको सडकमा पैदल यात्रुहरुलाइ लक्षित सात दिने जनचेतना मुलक अभियानमा रत्नपार्क वरपर रहेको ९ वटा आकाशेपुल र जेब्रा क्रसिङ्ग लक्षित गरि विभिन्न ठाँउमा करिब ५० विद्यार्थीहरुले पैदल यात्रुलाइ दुर्घटनाबाट बच्न चेतना दिएका छन् । अन्तरबार्ताको क्रममा, प्रत्यक दिन दिउसो २ बजे देखि ४:३० बजेसम्म सो आभियानमा लागेको विद्यार्थीहरुले बताए । यसबिच धेरै युवाहरुले नै मनपरि ढंगले बाटो काट्ने गरेको, वृद्ध तथा अपाङ्गरत व्यक्तिहरुलाई आकाशे पुल प्रायोग गर्न समस्या हुने गरेको, कतिपय ठाँउहरुमा जेब्रा क्रसिङ्ग मेटिएकोले समेत बाटो काट्न समस्या भएको बाटो काट्नेहरुले गुनासो गरेको आदि कुराको आँकडा लिएको बताए ।

विद्यार्थीहरुले आफ्नो मुख्य उदेश्य पैदल यात्रुहरुलाइ "आकाशे पुल तथा जेब्रा क्रसिङ्गबाट मात्र सडक वारपार गरौँ " भन्ने जनचेतना फैलाउने रहेकोले आफुहरुले महानगरपालिकासँग मिलेर यस्तो सामाजिक काम गर्न पाउदा खुशी महशुस गरेको बताएका छन् । त्यसका साथै सप्ता व्यापी जनचेतनाच अभियानले मात्रै नपुग्ने भएकोले सबैलाई आफै जागारुक भएर आकाशे पुल तथा जेब्रा क्रसिङबाट मात्र सडक वारपार गरेर दुर्घटनाबाट बच्न र सव्य नागरिकको पहिचान दिन आह्वन गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!