ताप्लेजुङमा गोलीसहित एक थान रिभल्वर फेला

Posted on: 12 Jan, 2019

पुस २८, ताप्लेजुङ | ताप्लेजुङ प्रहरीले तीन राउण्ड गोलीसहित एक थान रिभल्वर फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार गस्तीमा खटिएको प्रहरीे टोलीले फुङलिङ नगरपालिका–७ को जङ्गलबाट उक्त रिभल्वरसहित गोली फेला पारेको हो । 

ढुङ्गाको पहरामा च्यापभित्र प्लाष्टिकको झोलाभित्र राखिएको अवस्थामा उक्त हतियार फेला पारिएको तर सो हतियार लुकाउने व्यक्ति फेला नपरेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!