कलेजोको वरिपरि पलाएको पाँच किलो ट्युमर झिकियो

Posted on: 12 Jan, 2019

पुस २८, काठमाडौँ | महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोको वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ । 

अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको सो अति दूर्लभ शल्यक्रियाका लागि पाँच घण्टा लागेको थियो । शल्यक्रियाबाट ती बिरामीको कलेजो वरिपरि पलाएको पाँच किलो तौलको ट्युमर झिकिएको थियो । 

सम्भवतः यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको चिकित्सकको जिकिर छ । शल्यक्रियामा उक्त अस्पतालका चिकित्सक निनादिनी श्रेष्ठ, प्रमेशसुन्दर श्रेष्ठ र अजित थापालगायत सहभागी हुनुहुन्थ्यो । 

अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुखसमेत रहनुभएका प्राडा भण्डारीले भन्नुभयो, “बिरामीको कलेजोमा ट्युमर धेरै फैलिएकाले शुरुमा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने दोधारमा थियौँ । बिरामीको सहमति लिएर शल्यक्रिया ग¥यौँ र सफल पनि भयौँ ।” 

शल्यक्रियापछिको एक हप्तापछिको अस्पताल बसाइँपछि ती बिरामीलाई बिहीबार घर पठाइएको चिकित्सक भण्डारीले जानकारी दिनुभयो । उक्त अस्पताल छिट्टै कलेजो प्रत्यारोपण गर्ने तयारीमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!