महोत्तरीमा टिपरको ठक्करबाट एक बालकको मृत्यु

Posted on: 13 Jan, 2019

पुस २९, गौशाला । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा आइतबार बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षका छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान करीब ८ बजे गौशालाबाट सम्सी जाँदै गरेको ना७ख ६४२७ नंको ट्रिपरले सम्सी गाउँपालिका–२ स्थित सडकमा बालक सदाम शेखलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!