अधिवक्ता भोलनाथ शर्मा गर्जिएपछि... (भिडियो सहित)

Posted on: 13 Jan, 2019

पर्वत । अधिवक्ता एवं नेपाल अपाङ्ग उत्थान समाज पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्माले अपाङ्ग भए भनेर कसैले मन खिन्न नपार्न अपाङ्गता भएका व्यक्तिहरुलाई सुझाब दिएका छन् ।


नेपाल अपाङ्ग उत्थान समाज जिल्ला शाखा पर्वतको पाँचौ साधरणसभालाई सम्बोधन गर्दै आफूमा दृढ इच्छा शक्ति, जोश जाँगर ल्याउनुपर्ने र सोही अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिएका हुन् ।


उनले साहित्यकार झमकुमारी घिमिरेलाई हेरेर अपाङ्गता भएका व्यक्तिहरुले पाठ सिक्नुपर्ने बताएका छन् । साङ्ग भएर पनि काँतर बनेकाहरुलाई मात दिदै अपाङ्ग भएको व्यक्ति सगरमाथाको शिखरमा पुगेको, यही देशमा झमक कुमारी जस्ता अपाङ्गता भएका व्यक्तिहरुले पनि विश्वको मन जितेको भन्दै आफूमा कुनै एक पक्ष कमजोर भयो भन्दैमा जीन्दगीलाई बोझ र कमजोर बनाउन नहुने उनले बताए ।


साथै उनले शहरमा अपाङ्गता भएका आफ्ना सन्तानलाई बाहिर नल्याउने र भित्रभित्रै लुकाएर मार्ने गरेको समेत गम्भीर खुलासा गरेका छन् । कतिपयले अपाङ्गता भएका व्यक्तिहरुलाई अपहेलना, तिस्कार गर्ने गरेको भन्दै त्यसको चर्को विरोध समेत गरे । अधिवक्ता शर्माले अपाङ्गता भएका व्यक्ति पनि यही समाजका अङ्ग भएको भन्दै उनीहरुलाई माया र सहयोग भन्दा पनि अवसर दिनुपर्ने बताए ।


भिडियो हेर्नुहोस्


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!