नाङढुङ्गामा बस दुर्घटनामा तीनको मृत्यु

Posted on: 17 Jan, 2019

माघ ३, गलेश्वर | म्याग्दीको सदरमुकाम बेनीबाट नारयाणघाट जाँदै गरेको यात्रुवाहक बस बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

बेनीबाट आज बिहिबार बिहान ८ बजे छुटेको ग१ख ६१०८ नंको यात्रुवाहक बस मालढुङ्गाको सुकुम्वासी टोलमा दुर्घटना भएको हो । 

“दुर्घटनामा धेरै घाइते भएका र तिनको विस्तृत विवरण प्राप्त भइनसकेको तर तीनको मृत्यु भएको जानकारीमा आयो”, घटनास्थल पुग्नुभएका म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकृत लोकबहादुर गुरुङले बताउनुभयो । घाइतेहरुलाई उपचारका लागि बागलुङ र कुश्माका अस्पतालमा पुर्याइएको जनाइएको छ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!