सल्यानका एक व्यक्ति पर्वतमा मृत फेला

Posted on: 17 Jan, 2019

माघ ३, सल्यान । सल्यान कपुरकोटका एक व्यक्ती पर्वतमा मृत फेला परेका छन् । सडक निर्माणको काममा पर्वतको कुश्मा गएका कपुरकोट ४ धनवाङका ४२ वर्षिय पदम बहादुर घर्ती मृत अवस्थामा भेटिएको पारिवारिक श्रोतले जानकारि दिएको छ ।

कुश्मा नगरपालिका १३ खौला भन्ने स्थानमा नुहाउन भन्दै मंगलबार निक्लीएका उनी बुधबार मृत फेला परेको कपुरकोट ४ का वडा सदस्य चित्र बहादुर थापाले जनाएका छन् ।

उनको मृत्युको बारेमा प्रहरीले अनुसन्धान जारि राखेको जनाइएको छ । पदम मंशिर २९ गते काम गर्न पर्वत गएका थिए । मृत शवको पर्वतमै पोष्टमार्टम पछि त्यहिँ अन्त्यष्टी गरिने परिवारले जानकारि दिएको छ । मृतक पदमका आमा, श्रीमती र ४ छोरीहरु छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!