बाउन्न बालबालिका हराए

Posted on: 19 Jan, 2019

माघ ५ काठमाडौँ | पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ । बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र साथीसङ्गतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी साहायक निरीक्षक सङ्गीता अधिकारीले बताउनुभयो । 

हराएका ५२ मध्ये ३७ बालबलिकालाई अभिभावकको जिम्मा लगाएको तर चार बालिका र ११ बालक अझै फेला नपरेको उहाँले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७४÷७५ मा ८३ बालबालिका हराएका उजुरी कार्यालयमा दर्ता भएका थिए । हराउनेमा ४० बालक र ४३ बालिका थिए । हाराएकामध्ये १९ बालक र ३६ बालिकालाई अभिभावकको जिम्मा लगाइएको थियो । 

साथै बेवारिसे फेला पारिएका २३ बालबालिकालाई विभिन्न सङ्घ संस्थाको जिम्मा लगाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!