अछाममा १५ वर्षीय बालक १३ दिनदेखि बेपत्ता

Posted on: 19 Jan, 2019

माघ ५, अछाम | मङ्गलसैन नगरपालिका–३ बिसाकोट चिमेसालका १५ वर्षीय रमेश सार्की १३ दिनदेखि बेपत्ता छन् । स्थानीय पदम सार्कीका छोरा रमेश गत पुस २२ गतेदेखि बेपत्ता रहेको रहेको परिवारले जनाएको छ । 

मानसिक सन्तुलन ठिक नभएका बालक एक्कासि घरबाट बेपत्ता भएकाले सबैतिर खोजी गर्दा पनी फेला नपरेको उनका दाजु शेरबहादुर सार्कीले जानकारी दिनुभयो । चिसोको समयमा एउटा टिसर्ट मात्रै लगाएका रमेशको खोजीका लागि जिल्ला प्रहरीलाई समेत जानकारी गराइसकिएको उहाँको भनाइ थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!