सुनसरीमा राससकर्मी झासहितका आधा दर्जन पत्रकार सम्मानित

Posted on: 20 Jan, 2019

माघ ६, इनरुवा | सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा राष्ट्रिय समाचार समिति इनरुवा समाचारदाता अजितकुमार झासहित आधा दर्जन पत्रकार सम्मानित भएका छन् । 

इनरुवा नगरपालिका र शान्तिदीप नेपालको आयोजनामा भएको प्रतियोगितामा खेललाई सफल बनाउनका लागि आफनो सञ्चारमाध्यमबाट महत्वपूर्ण योगदान तथा सहयोग गरेको भन्दै रासस इनरुवा समाचारदाता झासहित आधा दर्जन पत्रकार सम्मानित भएका हुन् । 

उनीहरुलाई नेकपाका प्रदेश नं १ प्रमुख तथा प्रदेश नं १ का सांसद भीम आचार्यले सम्मानपत्रसहित सम्मान गर्नुभयो । कार्यक्रममा अन्य क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिएको थियो । 

सम्मान कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेललगायतको सहभागिता रहेको थियो । 

सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का, कान्तिपुर दैनिकका बेदराज पौडल, ब्लाष्ट टाइम्सका राजन निरौला, मकालु टेलिभिजनका अमर काफ्ले, प्रतिक्षण दैनिकका इकवाल अहमद र पूर्वेली न्यूजका मिकाइल आलम रहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!