चितवन कारागारमा एक कैदीको मृत्यु

Posted on: 20 Jan, 2019

माघ ६, रत्नगर | जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

उनलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौँ स्थित केन्द्रीय कारागारबाट चितवन ल्याइएको थियो । एघार वर्ष कैद भुक्तान गर्नुपर्ने विकलाई विसं ०७३ चैत १२ गते जेल चलान गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!