एक युवकले गरे बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या, आफु पनि झुण्डिए !

Posted on: 20 Jan, 2019

माघ ६, भजनी | कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । 

आज बिहान ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमाको हत्या गरी आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनले श्रीमतीको टाउकामा दुई पटक बञ्चरो प्रहार गरेका थिए । 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेको बताउनुभयो । उनको उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक दम्पतीका दुई छोरा छन् । एक नाबालक छोरा घरमै र अर्का छोरा गाउँमा रहेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!