१९ हजार नगदसहित ९ जुवाडे पक्राउ

Posted on: 21 Jan, 2019

नन्दराम जैसी | माघ ७, जुम्ला | चन्दननाथ नगरपालिका- ४ भारतिबाडास्थित एक घरमा जुवा खेल्दै गरेका ९ जना जुवाडे पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

४३ वर्षीय स्थानीय हर्कबहादुर बाँनियाको घरमा उनीहरु दिउँसै जुवा तास खेलिरहेका थिए। प्रहरी नायब निरीक्षक सरोज कुमार गुप्ताको कमाण्डमा गएको ७ जना प्रहरीको टोलीले घरधनी हर्कबहादुर बाँनियासहित ९ जनालाई नै नियन्त्रणमा लिएको हो।

खानतलासी गर्दा जुवाखालबाट प्रहरीले १९ हजार ३ सय ४५ रुपैयाँ नगद, तास र क्यारेमबोर्डमा प्रयोग गरिने ६ थान गोटीहरु बरामद गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!