वडा सदस्यको पारिश्रमिक रकम वृद्धाश्रमलाई

Posted on: 21 Jan, 2019

 माघ ७, डोटी | दिपायल सिलगढी नगरपालिका–३ का वडा सदस्य कृष्णबहादुर सुनारले आफुले पाउँदै आएको पारिश्रमिकवापतको रकम सिलगढीमा रहेको पुज्य धर्मान्तक वृद्धाश्रमलाई दिने घोषणा गर्नुभएको छ । 

नगरपालिकाको बैठक भत्ता लगायत थप अन्य पाउने सबै सुबिधा उहाँले सो आश्रमलाई दिने घोषणा गर्नुभएको हो । आज पत्रकार सम्मेलन गरेर उहाँले आफुले नगरपालिकाबाट पाउँदै आएको मासिक रु दुई हजार ५०० सो आश्रमलाई दिने घोषणा गर्नुभएको छ । 

गत जेठ २ गते खोलिएको सो बृद्धआश्रममा हाल चार बृद्ध रहेका आश्रम सन्चालक समितिका उपाध्यक्ष गणेश बमले जानकारी दिनुभयो । आश्रममा पुर्विचौकी २ बगलेक का ७३ वर्षीय रघु साँउद दिपायल सिलगढी–६ का ६५ बर्षीय भरत श्रेष्ठ, शिखर नगरपालिकाका ८५ वर्षीय किरुवा भुल र सायल गाउँपालिक–२ का अपाङ्ग अमरबहादुर सिंहले आश्रय लिईरहनुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!