पूर्वपत्नी ईशासहित दुई छोरीहरुले रविको चौथो सम्बन्धलाई दिए यस्तो कामना

Posted on: 21 Jan, 2019

माघ ७, काठमाडौं | चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र  टेलिभिजनकर्मी रवि लामिछाने बैबाहिक जीवनमा बाँधिए लगत्तै उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपत्नी ईशाले नयाँ घर बसाउँदा आफूलाई दुख नभई खुशी लागेको बताइन् ।

इशाले भनिन् 'उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो, त्यसैले म आश्चर्यमा परेकी छैन मेरो र दुई छोरीहरुको तर्फबाट शुभकामना लेखिदिनुहोला ।’

विगतका तीन सम्बन्धहरु जस्तो यो चौथो सम्बन्ध असफल नहोस भन्ने कामना पनि ईशाले गरेकी छन् ।

इशाले थपिन्:-‘म कानूनीरुपमा रवीजीसँग अलग भए पनि सँधै उहाँको खुशी र प्रगति हेर्न चाहन्छु । मेरा छोरीहरुका बुवाको रुपमा उहाँसँग मेरो साइनो सदा जिवित रहनेछ ।’ उनले भविष्यमा नयाँ पत्नीलाई आफुलाई जस्तो तिरस्कार नगर्न पनि आग्रह गरेकी छन् |

ईशा अहिले दुई छोरीहरुसहित अमेरिकामा छिन् । गत महिना ईशा र रविको सम्बन्धविच्छेद भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!