सुदुरपश्चिमका उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात (भिडियो/फोटो)

Posted on: 22 Jan, 2019

कृष्ण बिष्ट | माघ ८, बैतडी | बैतडी तथा सुदूरका उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात भएको छ । बैतडीका खोडपे, सतबाँज लगायतका क्षेत्रमा हिजो रातिदेखि भारी हिमपात भएको हो । 

हिमपात सँगै यहाको जनजिवन कस्टकर बनेको छ । सवारी साधनहरु पुर्ण रुपमा अवरुद्ध भएका छन । जिल्लाको श्रीभावर, खोडपे, सतबाज, धर्मघर  लगायतका ठाँउहरुमा  बाक्लो हिमपात  भएको छ । यस्तै बझाङका बित्थड, लगायत बिभिन्न ठाउहरुमा बाक्लो हिमपात भएको छ भने दार्चुलाका उच्च पहाडी क्षेत्रहरुमा पनि बाक्लो हिम पात भएको छ । 

भिडियो हेर्नुहोस् 



डडेल्धुरा देखि बैतडीको भिमदत्त राजमार्ग सडकखण्ड र जयपृथ्बी राजमार्ग अन्तरगत खोडपे बझाङ् सडक खण्डमा बाक्लो हिमपातकै कारण  पुर्ण रुपमा सवारी चल्न सकेका छैनन् । 

राति देखिको  हिमपातका कारण विद्युत समेत अवरुद्ध भएको छ । अहिले पनि बैतडी, बझाङ, दार्चुला र डडेल्धुरामा  हिमपात भइरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!