गुडिरहेको ट्रकमा सडक माथिबाट ढुङ्गा खस्दा चालकको मृत्यु

Posted on: 22 Jan, 2019

माघ ८, स्याङजा । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको वालिङ नगरपालिका—१३ गाहाखोलामा गुडिरहेको ट्रकमा सडक माथिबाट ढुङ्गा खस्दा चालकको मृत्यु भएको  छ । 

स्याङजावाट बुटवलको लागि छुटेको ग १ क ३७७२ नम्बरको मिनि ट्रकमा पहाडबाट अचानक खसेको ढुङ्गा लागेर पुतलीबजार नगरपालिका–३, का २८ वर्षीय प्रेम शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । 

ट्रकका सहचालक राजन विकका अनुसार आफूलाई ढुङ्गा लागिसकेपछि चालकले गाडीलाई सडकको कुनातर्फ मोडेका थिए । ढुङ्गाले ट्रकलाई छेडेर चालकको टाउकोमा लागेको विकले बताउनुभयो ।

ढुङ्गा लागेर गम्भीर घाइते भएका शर्मालाई प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइपु्र्याएको केहीबेरमा नै चिकित्सकले मृत घोषणा गरेका थिए । 

ट्रकमा रहेका अन्य दुईजना भने सकुशल रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!