नुवाकोटमा आफ्नै छोरीलाई बेचेको आरोपमा बुवासहित ३ जना पक्राउ

Posted on: 23 Jan, 2019

माघ ९, नुवाकोट | नुवाकोटमा आफ्नै छोरीलाई बेचेको आरोपमा बुवासहित ३ जना पक्राउ परेका छन् । 

दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिका बेचेको आरोपमा उनकै बुवासहित दुप्चेश्वर गाउँपालिका का २२ वर्षीय सुनिल तामाङ र ३१ वर्षीय लक्ष्मी नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

आफ्नी छोरीलाई भारतमा यौन व्यवसायीको रुपमा लगाउने उद्धेश्यले बेचेको आरोपमा बाबुसहित घटनामा संलग्न तीनजनालाई पक्राउ गरेर मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

प्रहरीका अनुसार गएको पुस २२ गते घरबाट बालिकालाई काठमाण्डौ हुँदै भारतको दिल्ली पुर्याएको हो। दिल्लीबाट उद्धार गरी पीडित बालिकालाई नेपाल ल्याएपछि उनको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!