बझाङ्गमा भारी हिमपात, जनजीवन कष्टकर

Posted on: 23 Jan, 2019

टेकेन्द्र बोहरा | माघ ९, बझाङ्ग | जिल्लाका उच्च पहाडी भेगमा भारी हिमपात परेको छ । आइतबारदेखि परेको पानीको कारण सोमबारबाट हिउँ पर्न थालेको स्थानीयले साईपाल गाँउपालीका दिपक बोहराले बताए।


जिल्लाको वित्थड, देउलेख, सुनकुडा साईपाल सुर्मा तलकोट मस्टा  लगायतको स्थानमा हिमपात भएको छ । त्यस्तै बुंगलको ज्यापन, भामचौर लगायतका हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात सुरु भएपछी जनजीवन प्रभावित भएको छ । 

बझाङ्गमा हिमपातकाकारण टेलिफोन सेवा पनि अबरुद्ध भएको छ । हिउ परेको कारण टावरहरुमा सोलार चार्ज नभएका कारण नेपाल टेलीकम बझाङ साखाले जनाएको छ ।

किसानहरू भने यो हिमपातले हिउँदे बाली सप्रिने भन्दै खुशीभएका छन्। हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरूको विशेष ख्याल राख्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।

यसअघि गत पुसको अन्तिम साता र मंसिरको तेस्रो साता सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा सामान्य हिमपात परेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!