चितवनमा बलेरोको ठक्करबाट एक पैदलयात्री सख्त घाइते

Posted on: 24 Jan, 2019

माघ १०, चितवन | चितवनमा बलेरोको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । नरायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ना३च ५९७७ नंको बलेरोले बुधबार राति ८ बजे भरतपुर महानगरपालिका–२९ जुगेडीमा पैदल हिँडिरहेका सोही स्थानका १६ वर्षीय रबिन भुजेललाई ठक्कर दिएकाले उहाँ सख्त घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भुजेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने बलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!