तनहुँको डुम्रे बजारमा सिसी क्यामरा

Posted on: 24 Jan, 2019

माघ १०, दमौली | तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइले बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारमा सिसी क्यामरा जडान गरेको छ । बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यसहित एकाइले १२ सिसी क्यामरा जडान गरिएको र थप चार क्यामरा जडान गरिने सचिव राम जोशीले जानकारी दिनुभयो । 

बन्दीपुर गाउँपालिका, बैंक तथा वित्तीय सङ्घसंस्था, बजार एकाइ र विभिन्न व्यावसायिक सङ्घ संस्थाको रु सात लाखको सहयोगमा जडान गरिएको सिसी क्यामराको परिचालन डुम्रे इलाका प्रहरी कार्यालयले गर्नेछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!