रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 24 Jan, 2019

माघ १०, बुटवल | रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । देवदह नगरपालिका घोडाहा र भलुहीको बीचमा सवारी दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम आउँदै गरेको लु.३२ प ८१४८ नम्बरको मोटरसाइकल र सुनवललर्फ जाँदै गरेको लु.२ ख ३५४७ नं को टिपर एक आपसमा ठोक्किदा देवदेह ५ का २१ बर्षीय रबिन थापा मगरको घटनास्थलमै मृत्यु भएको हो । टिपर चालक प्रहरीको नियन्त्रणमा छन् । 

टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!