दाङमा रुखबाट खसेर एक वृद्धको मृत्यु

Posted on: 24 Jan, 2019

माघ १०, काठमाडौं । दाङमा रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।

,मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं-५, बस्ने ७० वर्षीय देविबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाँस काट्ने क्रममा बुधवार बेलुकी ५ बजेतिर कक्रहवा, चिउरीघाट सामुदायिक वनमा रहेको सालको रुखबाट खसेर गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!